Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओली र प्रचण्डलाई उस्तैउस्तै भन्दा दुख लाग्छ भन्दै प्रचण्डले ओलीलाई घेराबन्दी गर्ने सुनाए यस्तो योजना

ओली र प्रचण्डलाई उस्तैउस्तै भन्दा दुख लाग्छ भन्दै प्रचण्डले ओलीलाई घेराबन्दी गर्ने सुनाए यस्तो योजना


  • 4.6K
    Shares

    ओली र प्रचण्डलाई उस्तैउस्तै भन्दा दुख लाग्छ भन्दै प्रचण्डले ओलीलाई घेराबन्दी गर्ने सुनाए यस्तो योजना

    काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य देशको अनावश्यक चलखेल स्वीकार्य नभएको बताएका छन्।

    विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकसँगको भेटघाट, छलफललाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा प्रपोगाण्डा चलाइएजस्तो सरकार फेरबदलको खेल नभएको बताए । उनले यो संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षार्थ भएको बताए ।
    उनले लोकतान्त्रिक गठबन्धनले दीर्घकालीन यात्रा तय गर्ने उद्घोषसमेत गरे ।

    “यो केपी ओलीलाई हटाउने मात्रै आन्दोलन होइन, संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षा गर्ने अभियान पनि हो,” उनले भने ।

    अहिले विपक्षी गठबन्धनका पाँच घटकको अलगअलग पृष्ठभूमि भए पनि परिवर्तनका लागि सबैको समयसापेक्ष योगदान दिँदै आएको बताए ।

    एक प्रसंगमा आफूले नेकपाबाटै आन्दोलन गर्न चाहेको पनि बताए । कतिपयले केपी ओली र प्रचण्डलाई उस्तैउस्तै भन्ने गरेको भन्दै दुखेसो पनि पोखे ।

    “अप्ठ्यारो पर्छ भने कुर्सी छाड्न तयार हुने र सबैथोक सिध्याएर भए पनि कुर्सीचाहिँ जोगाउनुपर्छ भन्ने ओली एकै हो ?,” उनको प्रश्न थियो ।

     नयाँ बानेश्वरमा सम्पादकहरुसँगको अन्तर्क्रियामा धारणा राख्दै उनले गत जेठ २९ गते पाँच जना पूर्वप्रधानमन्त्रीहरुको सामूहिक वक्तव्यका सन्दर्भमा प्रष्ट पार्ने प्रयास गरेका थिए। उनले परिस्थिति गम्भीर भएकाले वक्तव्य सार्वजनिक गरिएको बताए।

    उनले पाँच वटा पूर्वप्रधानमन्त्रीहरुले स्थितिलाई जनता समक्ष नराख्ने हो भने कसले गर्छ तरु भन्ने प्रश्न गरे। ‘अहिले कसले सामूहिक नेपालीको बारेमा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ भनेर प्रभावकारी अपिल कहाँबाट हुनसक्छ भन्दा हामीले ठान्यौँ, पाँच जना पूर्वप्रधानमन्त्री हरुले गर्दा त्यो अपिल ठूलो हुन्छ भन्ने ठान्यौँ र हाम्रो जिम्मेवारी हो भन्ने ठान्यौँ’, उनले भने।

    प्रचण्डले आफूहरुलाई कसैसँग दुस्मनी गर्नु भएको बताए। ‘तपाईंहले भाषा हेर्नुभयो भने, नेपाल र नेपालीलाई अपिल गरिएको छ। हामी छिमेकीहरुसँग पनि राम्रो सम्बन्ध होस् भन्ने चाहन्छौँ। तर हाम्रोभित्र अनावश्यक चलखेल हामीलाई स्वीकार्य छैन। नेपाली जनता, नेपाली मनोविज्ञान, नेपालको संस्कार त्यस्तो होइन। नेपालको  हामी सक्दैनौँ भन्ने कुरा पनि त्यहाँ छ’, उनले भने।

    उनले निर्वाचन गर्ने बेलामा होस् वा गठबन्धन बनाउने बेला, धेरै अप्ठ्याराहरु सामना गरेको बताए। ‘लोकतन्त्र, संविधान र राष्ट्रको पक्षमा जस्तोसुकै चुनौती भए पनि उभिने हो जस्तोसुकै त्याग गर्नुपर्ने भए पनि गर्ने हो भन्ने मनोविज्ञान, भावना र विचारबाट प्रेरित भएर आएको वक्तव्य हो’, उनले भने।

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १७:१०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij