Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

राष्ट्रपति र प्रधानमन्त्रीले मुसाले झैँ संविधान च्यातेर खाएको भन्दै इजलासमा खड्काले बाले आगो 

राष्ट्रपति र प्रधानमन्त्रीले मुसाले झैँ संविधान च्यातेर खाएको भन्दै इजलासमा खड्काले बाले आगो 


  • 6.4K
    Shares

    राष्ट्रपति र प्रधानमन्त्रीले मुसाले झैँ संविधान च्यातेर खाएको भन्दै इजलासमा खड्काले बाले आगो 

    काठमाडौं। नेपाल बारका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले राष्ट्रपतिका काम–कारबाहीमा पनि सर्वोच्च अदालतले न्यायिक पुनरावलोकन गर्नेसक्ने बताएका छन्। 

    प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता खड्काले तत्कालीन राजाले गरेको काममा समेत सर्वोच्चबाट न्यायिक पुनरावलोकन भएको बताए।
     
    "राष्ट्रपतिले मैले गरेको काम न्यायिक पुनरावलोकन हुँदैन भन्नु भयो। तर, सर्वोच्च अदालतले राजाले कसैको सिफारिसमा काम गर्छ भने अदालतले न्यायिक पुनरावलोकन गर्न सक्छ भनेर मनमोहन अधिकारीको मुद्दामा व्याख्या गरेको छ," बिहीबार बहसका क्रममा वरिष्ठ अधिवक्ता खड्काले भने। 

    उनले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान च्यातेर खाने काम भएको पनि बताए। "सविधान च्यातेर खाने । एउटा प्रमको हातमा र अर्को राष्ट्रपतिको हातमा राख्ने" ? वरिष्ठ अधिवक्ता खड्काले भने। 

    उनले प्रधानमन्त्रीले गरेका काम बदरभागी रहेको बताए। ससंद्‌बाट विश्वासको मत नपाएकाले ७६ (३)का  लागि उहाँ अयोग्य हो। उहाँले म मार्ग प्रशस्त गर्छु भन्नुभएको छ। उहाँले ७६ (५)मा भाग लिन पाउनु हुँदैनु, खड्काले भने। 

    राष्ट्रपतिले दाबी गर्न अरु कोही आउँदैनन् भनेर २१ घण्टा समय दिएको तर शेरबहादुर देउवाले पनि दाबी गरेपछि विघटन गरेको खड्काको तर्क छ। "रिट जारी हुनुपर्छ। संविधानमा पाँच वर्ष संसद् कायम रहने भनेको छ। कहीँ विघटनको कुरा छैन", खड्काले भने।

     

     

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १६:११:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij