Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

अदालतले मन्त्री खाईदिएपछि ओलीका मन्त्रीले मच्चाए बितण्डा,पुलिसले क-कसलाई हान्यो डण्डा ?

अदालतले मन्त्री खाईदिएपछि ओलीका मन्त्रीले मच्चाए बितण्डा,पुलिसले क-कसलाई हान्यो डण्डा ?


  • 12.0K
    Shares

    अदालतले मन्त्री खाईदिएपछि ओलीका मन्त्रीले मच्चाए बितण्डा,पुलिसले क-कसलाई हान्यो डण्डा ?

    काठमाडौँ। ओली सरकारमा मन्त्री भएका र अदालतको आदेश पछि पदमुक्त भएका पूर्वमन्त्री सहभागी कार्यक्रममा भांडभैलो मच्चिएको छ।  रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच विवाद भएपछि झडप भएको छ ।

    बिहानदेखि सुरु भएको पाँचौं नगरसभामा प्रमुख अतिथि नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साह थिए । साह पक्ष र अरू दलका कार्यकर्ताबीच झडप भएको हो । अघिल्लो पटकको सर्बोच्चको आदेशले उनी पदमुक्त भएका थिए। 

    साह नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका थिए । नगरसभामा बजेट पेश गर्ने र विपक्षी पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए ।

    प्रहरीले झडप रोक्न अश्रु ग्यास पनि प्रहार गरेको छ। केहीबेर अघिसम्म चार राउन्ड अश्रु ग्यास प्रहार गरिएको उनले बताए। भिड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको उनको भनाइ छ ।


    मौलापुरको मेयर रीनाकुमारी साह हुन् । प्रभु साह मेयर रीनाकुमारीकी पति हुन् । प्रहरीले घटनाबारे छानबिन भइरहेकाले अहिले विस्तृत विवरण दिएको छैन । 

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १३:५१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij