Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रधान्यायाधीश राणा र बरिष्ठ अधिवक्ता कार्की बीच चर्काचर्की,किन रन्किए राणा ?

प्रधान्यायाधीश राणा र बरिष्ठ अधिवक्ता कार्की बीच चर्काचर्की,किन रन्किए राणा ?


  • 26.2K
    Shares

    प्रधान्यायाधीश राणा र बरिष्ठ अधिवक्ता कार्की बीच चर्काचर्की,किन रन्किए राणा ?

    काठमाडौँ।  बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधि सभामा विश्वास गुमाएको प्रधानमन्त्री एक मिनेट पनि पदमा बस्न नमिल्ने जिकिर गरेका छन् । प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरा र वरिष्ठ अधिवक्ता कार्कीबीच सवालजवाफ भएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा बहस गरिरहेका कार्कीले प्रधानमन्त्रीले विश्वासको मत नलिएर फेरि प्रधानमन्त्रीमा दाबी गर्न नपाउने बताए।

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधवार प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा बहस गर्दै कार्कीले आफूसँग विश्वासको मत नरहेपछि अर्को सरकार बनाउन अवरोध गर्न नमिल्ने जिकिर गरेका हुन् । धारा ७६ (५) को प्रधानमन्त्री दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री नरहेको जनाउ दिनुपर्ने बताएका हुन् । 

    ‘नैतिकताको आधारमा राजीनामा पनि दिनु नपर्ने ? हाउसको कन्फिडेन्ट नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन, बस्न दिनु हुँदैन,’ कार्कीले भने, ‘विश्वास जुटाउन सक्दिन भनेर स्वीकार गरेर लिखित रूपमा दिएको हुनाले राष्ट्रपतिले भन्नुपर्थ्यो, युआर नो मोर प्राइममिनिस्टर ।’

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता कार्कीले प्रधानमन्त्रीको काम कारवाही समाधान गर्ने भन्दा पनि अवरोध खडा गर्ने खालको भएको आरोप लगाए । 

    ‘प्रधानमन्त्री पद खेलाँचीको पद होइन, राजनीतिक नैतिकता नहुने, विश्वासको मत नपाएपछि पनि अर्को सरकार बन्न अवरोध गर्ने के गर्‍या हो यो ?’ उनले पश्न गरे । 

    प्रकाशित मिति :आषाढ ९ २०७८ बुधवार - १६:५६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij