Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

रूपा सुनारले जातपातजन्य विभेदमाथि गरेको विद्रोहलाई सबैले साथ दिनुपर्छ : बाबुराम भट्टराई

रूपा सुनारले जातपातजन्य विभेदमाथि गरेको विद्रोहलाई सबैले साथ दिनुपर्छ : बाबुराम भट्टराई


  • 5.9K
    Shares

    रूपा सुनारले जातपातजन्य विभेदमाथि गरेको विद्रोहलाई सबैले साथ दिनुपर्छ : बाबुराम भट्टराई

    जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले रूपा सुनारले जातपातजन्य विभेदमाथि गरेको विद्रोहलाई सबैले साथ दिनुपर्ने बताएका छन् । भट्टराईले ट्विट गर्दै रूपालाई साथ दिनुपर्ने बताएका हुन् । 

    उनले ट्विट गर्दै भनेका छन्– ‘रूपा सुनारलाई व्यक्तिगत रूपमा चिन्दिनँ । तर नेपाली समाजको सबभन्दा पिँधमा पारिएकी दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका विरुद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षहरूले साथ दिनैपर्छ । यसमा कसैले पनि किन्तु परन्तु नगरौँ ।’

    टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारले जातका कारण आफूले कोठा नपाएको बताएपछि  जातपातको विषयले निकै चर्चा पाएको थियो । 

    जातकै कारण कोठा नदिएको आरोपमा बबरमहल घर भएकी घरबेटी सरस्वती प्रधानलाई पक्राउ गरिएको थियो । अहिले भने उनलाई रिहा गरिएको छ ।

    E4jNwP3UUAAcTZf.jpg

    प्रकाशित मिति :आषाढ ९ २०७८ बुधवार - १५:१३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij