Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

देउवाका वकिल यादवको दाबी– ७६ (५)मा दलीय ह्वीप लाग्दैन, बहुमत जुटाउन सक्ने व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ

देउवाका वकिल यादवको दाबी– ७६ (५)मा दलीय ह्वीप लाग्दैन, बहुमत जुटाउन सक्ने व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ


  • 3.8K
    Shares

    देउवाका वकिल यादवको दाबी– ७६ (५)मा दलीय ह्वीप लाग्दैन, बहुमत जुटाउन सक्ने व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६(५)को प्रधानमन्त्रीका लागि दलीय ह्वीप नलाग्ने जिकिर गरेका छन् । 

    प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा अधिवक्ता यादवले व्यक्तिले प्रतिनिधि सभा सदस्यको समर्थन जुटाउन सके पुग्ने दाबी गरेका हुन् । 

    ‘संविधानको धारा ७६ (५)को प्रधानमन्त्रीका लागि दलीय ह्वीप लाग्दैन, प्रतिनिधि सभामा बहुमत जुटाउन सक्ने व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ,’ यादवले भने, ‘व्यक्तिले पनि समर्थन जुटाउन सक्छ, त्यसैले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ ।’

    यादवले प्रतिनिधि सभा विघटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको बदनियत देखिएकाले पुनःस्थापना हुनुपर्ने बताए । यादवभन्दा अगाडि गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस शुरू गरेपछि सर्वोच्च अदालतमा चिया ब्रेक शुरू भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि अन्तिम सुनुवाइ बुधवार शुरू भएको हो । 

    प्रकाशित मिति :आषाढ ९ २०७८ बुधवार - १४:१७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij