Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सर्वोच्चको आदेशपछि पदमुक्त मन्त्रीहरु किन गए बालुवाटार ?

सर्वोच्चको आदेशपछि पदमुक्त मन्त्रीहरु किन गए बालुवाटार ?


  • 11.7K
    Shares

    सर्वोच्चको आदेशपछि पदमुक्त मन्त्रीहरु किन गए बालुवाटार ?

    काठमाडौं। सर्वोच्च अदालतले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का २० मन्त्रीलाई पदमुक्त गरेसँगै एकाएक राजनीतिक घटनाक्रम तातिन पुगेको छ ।

    सर्वोच्चको आदेशसँगै पदमुक्त मन्त्रीहरू बालुवाटार पुगेका छन् ।  उनीहरु पछिल्लो घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

    अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले  मन्त्री पदमुक्त हुने आदेश दिएको थियो ।

    प्रधानमन्त्री ओलीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि जेठ २१ गते जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए । यस्तै  २७ गते ७ मन्त्री र एक राज्यमन्त्री थपेर पूर्णता दिएका थिए। अदालतको आदेशअनुसार संसद विघटन अघिसम्म कामय रहेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्बाङ र लीलानाथ श्रेष्ठ बाहेकका मन्त्री पदमुक्त भएका हुन् । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले जसपाका महन्त ठाकुर पक्षलाई समेटेर पहिलोपटक र दोस्रोपटक आफ्नौ पार्टीका सदस्यहरुलाई मन्त्री बनाएका थिए । 

    सो रिटमा जेठ २५ मा न्यायाधीश इश्वर प्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश अघि छलफल गर्नुपर्ने भनेर दुवै पक्षलाई असार ८ मा बोलाएका थिए ।  सर्वोच्च अदालतले निवेदक पक्ष र विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयसँग मंगलबार छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । रिट निवेदकले मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न अन्तरिम आदेशको माग गरेका थिए ।

     

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - २०:१२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij