Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सभापति हत्याउन मरिहत्ते गरेर लागेका यी हुन् आठ कांग्रेसी, उमेरमा को भन्दा को जेठो ? राजनितीमा को कति सक्रिय ?

सभापति हत्याउन मरिहत्ते गरेर लागेका यी हुन् आठ कांग्रेसी, उमेरमा को भन्दा को जेठो ? राजनितीमा को कति सक्रिय ?


  • 10.1K
    Shares

    सभापति हत्याउन मरिहत्ते गरेर लागेका यी हुन् आठ कांग्रेसी, उमेरमा को भन्दा को जेठो ? राजनितीमा को कति सक्रिय ?

    काठमाडौं । कांग्रेस केन्द्रीय कार्यालयमा असार ४ गते बसेको केन्द्रीय कमिटी बैठकले अन्ततः नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा गर्ने प्रस्तावको अनुमोदन गरेको छ ।

    यसअघि कोरोना भाइरस महामारीका कारण महाधिवेशनका लागि माहोल नभएको बताइँदै आए पनि अब महाधिवेशन गर्ने केन्द्रीय कमिटीको अनुमोदनपछि यसको सरगर्मी पनि बढेको छ ।

    अनि १४ औं महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवारका रुपमा हेरिरहेका केही नेताहरुले आफ्नो व्यस्ततालाई पनि बढाउन थालेका छन् । यसपटक दाबी गरेअनुसार भएको खण्डमा नेपाली कांग्रेसले महाधिवेशनमा ४ जनाभन्दा बढी नेताहरुलाई सभापतिका उम्मेदवारका रुपमा पाउने अनुमान गर्न सकिन्छ । 

    सभापतिको उम्मेदवारको रुपमा सबैभन्दा अगाडि छन् सभापति शेरबहादुर देउवा नै । देउवा यसपटक पनि सभापतिमा आफू दोहोरिन चाहेको सन्देशका साथ आफूनिकट नेताहरुसँग छलफलमा जुटिसकेका छन् । आफू सभापति भएर नै अबको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने आश्वासन उनले दिन थालिसकेका छन् ।

    ५ असार अर्थात् शनिबार उनले आफ्नो निवासमा केही नेताहरुलाई भेटे । आफूनिकट नेताहरुसँगको छलफलमा उनले स्पष्ट सन्देश दिएका छन्– यसपटक सभापतिको हुने म हो, मलाई सहयोग गर्नुहोस् ।

    उनले आफूलाई थप एकपटक सभापतिमा सहयोग गर्न सभापतिमा आफू उठ्ने दाबी गर्दै आएका कांग्रेस नेता विमलेन्द्र निधिलाई पनि अनुरोध गरिसकेका छन् । सभापतिमा आफूले उम्मेदवार दिने दाबी गरिसकेका निधिले यसपटक १३ औं महाधिवेशनमा जस्तै देउवालाई सहयोग गर्नेछन् वा आफैं सभापतिको दौडमा हुनेछन्, त्यो हेर्न नै बाँकी छ । तर, देउवाले चाहिँ निधिले सभापतिमा दाबी गरे पनि आफूलाई पछि नहटाउने निर्णय गरिसकेको उनीनिटक एक नेता बताउँछन् ।

    नेपाली काँग्रेसभित्र ८ जना सभापतिका मुख्य दाबेदार देखिएका छन् । जसमध्ये कतिपयले सभापतिका दोबदार ७० कटिसकेका छन् ।

    नेपालीहरुको सरदर आयुभन्दा माथिको उमेर भइसकेका वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता नै अहिले पनि सभापतिका मुख्य दाबेदार हुन् । तर, उनीहरुबाट तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्नेहरु पनि देखिएका छन् ।

    सभापति शेरबहादुर देउवा ७५ वर्ष पुगिसकेका छन् । तर, उनीलाई नजिकबाट चिन्नेहरु योभन्दा बढी उमेर भएको बताउने गरेका छन् । खासमा देउवाको उमेर ७८ बर्ष हो। नागरिकता अनुसार मात्र उनी ७५ वर्षका हुन्।  अर्को कार्यकाल पनि उनी सभापति बन्न बढिसकेका छन् । अर्को कार्यकालसम्म उनी ८० को हाराहारीमा पुग्छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल ७६ वर्ष पुगेका छन् । उनी एक कार्यकाल काँग्रेसको नेतृत्व लिन चाहन्छन् ।

    उपसभापति विमलेन्द्र निधि ६४ वर्ष पुगे । उनी काँग्रेस सभापति यसपटक बन्न नसके उमेर कटिसक्ने र अवसर नपाइने बुझाईका साथ बढेका छन् । निधिले महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग समन्वय गरिरहेका छन् । पावर सेयरिङ गरेर तीन नेताबीच कुरा मिलाउन लागिपरेका छन् ।

    महामन्त्री डा. सशाक कोइराला ६२ वर्षका भए । उनी यही बेलामा काँग्रेस सभापति बन्नु उपयुक्त समय भएको ठानिरहेका छन् ।पूर्वमहामन्त्री प्रकाशमान सिंह ६५ वर्ष पुगेका छन् । विगतमा अस्वस्थ भएपछि सिंहले खानपानमा निकै ध्यान दिएर आफूलाई तन्दुरुस्त बनाएका छन् ।

    पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ७२ वर्ष पुगेका छन् । उनले अघिल्लो पटक पनि सभापतिको उम्मेदवारी दिएका थिए । सिटौला यसपटक पनि सभापतिका आकांक्षी हुन् ।

    काँग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइराला ७० वर्ष पुगेका छन् । उनी पनि सभापतिका आकांक्षी हुन् । कोइराला परिवारबाट सभापतिका तीन आकांक्षीमध्ये शेखर सबैभन्दा जेठा हुन् ।

    काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला ६७ वर्ष पुगिन् । क्यान्सरबाट संक्रमणमुक्त भएपछि उनी सामाजिक कार्यमा बढी सक्रिय छिन् । सुजाता पनि सभापतिको आकांक्षी हुन् । काँग्रेस नेतृत्वमा महिला पहिलोपटक पुग्नुपर्ने भन्दै अगाडि बढेकी छिन् ।

    काँग्रेसभित्र सभापतिका मुख्य दाबेदारहरु ७५ कटेका छन् । केही ७० कटेकाहरु छन् । सबैजसो ६० कटेका छन् । यसबाट अझैपनि काँग्रेस नेतृत्व ५० को दशकमा रहेकाहरुको हातमा आउने अवस्था नबनेको देखिन्छ । दुई दशक यीनै नेताहरुको वरिपरि काँग्रेसको राजनीति घुमिरहने देखिदैछ । हाल सम्म देउवालाई पछार्ने गरि टक्कर दिने गतिलो उम्मेदवार देखिएको छैन।

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - १५:०६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij