२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्य आज (सोमबार) भने बढेको छ । आइतबारको तुलनामा आज ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij