Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

जसपा विवाद : ठाकुरविरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गर्दै भट्टराई-यादव समूह

जसपा विवाद : ठाकुरविरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गर्दै भट्टराई-यादव समूह


  • 4.7K
    Shares

    जसपा विवाद : ठाकुरविरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गर्दै भट्टराई-यादव समूह

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने पक्का भएको छ ।

    अल्मतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै  संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादव समूहले अदालतमा मुद्दा दर्ता गर्न लागेको हो ।  

    भट्टराई-यादव समूहको तर्फबाट अधिवक्ता दिपक राईलगायतका अधिवक्ताहरुले मुद्दा दर्ताको लागि तयारी सुरु गरेका हुन् । 

    ‘अर्को प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुप्रयोग गरेर निर्वाचन आयोगमा पेस गर्नु भएछ,’ अधिवक्ता राईले भने, ‘कीर्ते जालसाक्षी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौँ । यस्तो कसुर चाहिँ दुनियावादी फौजदारी मुद्दाको रुपमा दर्ता मिल्छ यही अनुसार दर्ता गर्न लागेका छौँ । यसमा विपक्षी महन्थ ठाकुरलाई नै बनाइन्छ ।’ 

    जसपाको भट्टराई–यादव समूहले आफ्नो समूह जसपाको आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको छ । 

      

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १६:३५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij