Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको बहस सकियो, आजै फैसला हुनेसक्ने

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको बहस सकियो, आजै फैसला हुनेसक्ने


  • 5.2K
    Shares

    सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको बहस सकियो, आजै फैसला हुनेसक्ने

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथिको बहस सकिएको छ । न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासमा रहेको मुद्दामा ५ वरिष्ठ अधिवक्ताले विपक्षीबाट बहस गरेका थिए । बहस सकिएसँगै रिटउपर आजै फैसला आउनसक्ने बताइएको छ ।

    वरिष्ठ अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराई, रमण श्रेष्ठ, गोविन्द बन्दी, दिनमणि पोखरेलले सुदूरपश्चिम प्रदेश सरकारले संविधानअनुसार नै मन्त्रीमण्डल विस्तार गरेको तर्क गरे । वरिष्ठ अधिवक्ता थापाले तत्कालै फैसला गर्न भन्दा अझै केही दिन यस बिषयमा छलफल गर्न आवश्यक रहेको बताएका थिए ।

    जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकारले सरकार पुनर्गठन गरेको भन्दै रिट निवेदन दिएका थिए ।

    गत आइतबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले आगामी असार ६ गते अन्तरिम आदेशको लागि पेसी तोकेको थियो ।

    आइतबारको पेसीमा विपक्षी पाँच वरिष्ठ अधिवक्तासहित सुदूरपश्चिम प्रदेशका मुख्यन्याधिवक्ता कुलानन्द उपाध्यायले संविधानअनुसार सरकार पुनर्गठन गरेको दाबी गरे ।

    रिट निवेदकको तर्फबाट आइतबार अधिवक्ता अपेक्षा निरौला, दलबहादुर धामी, रामबहादुर शाही, महेश भट्टराई र सन्तोष भण्डारीले बहस गरेका थिए ।

    उनीहरुले संविधानमा प्रदेश सभा सदस्यहरूको २० प्रतिशत भन्दा बढी मन्त्री बनाउन नपाउने उल्लेख हुँदाहुँदै सुदूरपश्चिम प्रदेशमा २० प्रतिशत भन्दा बढी मन्त्री बनाइएको जिकिर गरे । निवेदकको तर्फबाट कमलसिंह रानाले पनि सरकार पुनर्गठनमा संविधान मिचिएको दाबी पेस गरे ।

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १५:३०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij