Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध, कार्यकर्ता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनद्वारा बैठक बहिस्कार

लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध, कार्यकर्ता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनद्वारा बैठक बहिस्कार


  • 4.5K
    Shares

    लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध, कार्यकर्ता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनद्वारा बैठक बहिस्कार

    बुटवल । बजेटमाथि छलफलका लागि आइतबारको लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । कार्यकता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनले सभा बहिस्कार गरेको हो ।

    कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कडौडियाले सभामा धारणा राखेपछि विपक्षी गठबन्धन सबै सांसद सभाहलबाट बाहिरिएका थिए । सहमतिका लागि बैठक एक घण्टाका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । 

    कांग्रेस प्रदेशसभा प्रमुख सचेतक फकरुद्धिन खाँनले समृद्धि र विकास भन्दा पनि कार्यकता पोस्ने बजेट सरकारले ल्याएको भन्दै त्यसको स्वामित्व हामीले लिन नसक्ने बताए । ‘बजेट वितरणमुखी छ । कार्यकता पोस्ने र कनिका छरेजस्तै छ । यो बजेट नसच्चिदासम्म हामी छलफलमा सहभागी हुँदैनौ’ खानले भने । 

    कांग्रेस दलका नेता वीरेन्द्र कनौडियाले सभामा धारणा राख्दै कार्यकता पाल्ने र एमालेकरण बन्ने खालको बजेट आएको बताए । विगतका तीन वर्षमा आएको बजेटभन्दा सबैभन्दा खराब बजेट आएको दावी गरे ।

    ‘प्रतिपक्षलाई झुक्काउने र जिस्काउने काम सरकारले गर्‍यो । वेयटिङ गर्भमेन्टलाई झुक्काइयो । सरकार गलत बाटोमा गयो । जनताको खिलापमा सरकार गयो’ कडौडियाले सभा भने । 


     

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १५:१२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij