Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनुअघि नै जसपासँग गरेका थिए यस्तो सम्झौता

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनुअघि नै जसपासँग गरेका थिए यस्तो सम्झौता


  • 4.3K
    Shares

    मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनुअघि नै जसपासँग गरेका थिए यस्तो सम्झौता

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले जनता समाजवादी पार्टीका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएका छन् ।

    पोखरेलले प्रदेशसभामा विश्वासको मत लिनुअघि नै जसपासँग गरेको लिखित सहमतिमा जसपालाई अर्थसहित २ मन्त्रालय दिने उल्लेख छ ।

    गण्डकी प्रदेशमा रहेका जसपाका २ सांसदमध्ये हरिशरण आचार्य मन्त्रिपरिषदमा समावेश भइसकेका छन् भने धनमाया पोखरेल लामा मन्त्री बन्न बाँकी छ ।

    मुख्यमन्त्री पोखरेलले जसपासँग गरेको ४ बुँदे सहमतिमा सबै दलबाट २–२ जना सदस्य रहनेगरी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने, प्रदेशसभामा रहेको डबल थ्रेस होल्डको प्रावधान हटाउने र राजनीतिक नियुक्तिहरुमा गठबन्धनको भावना सम्बोधन गर्ने उल्लेख छ ।

    सो लिखित सहमति गत असार ४ गते शुक्रबार भएको थियो । सोहीदिन मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा विश्वासको मत हासिल गरेका थिए ।

     

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १४:४२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij