Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मेगा बैंकका ग्राहकले फोनबाटै २ लाखसम्म कर्जा लिन सक्ने

मेगा बैंकका ग्राहकले फोनबाटै २ लाखसम्म कर्जा लिन सक्ने


  • 6.2K
    Shares

    मेगा बैंकका ग्राहकले फोनबाटै २ लाखसम्म कर्जा लिन सक्ने

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्टफोनबाट तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ ।

    ग्राहकलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले बैंकले एफवान सफ्ट इन्टरनेसनलसँग सहकार्य गरी यो कर्जा सुविधा ल्याएको हो ।

    बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघसंस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम रु। २ लाख उपभोग गर्न सक्नेछन् ।

    बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोनमार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने बैंकका डिजिटल तथा ई-बैंकिङ प्रमुख विश्व सिंहले बताए ।

    मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलायन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनुपर्दैन । कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १३:२६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij