२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौँ । कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।
पूर्वराज्यमन्त्री विष्टको आइतबार बिहान ५ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो । उनको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि उनको निधनले अपूरणीय क्षति भएको जनाएका छन् । देउवाले भनेका छन्, “तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ ।”
सुर्खेतमा बस्दै आएका पूर्वराज्यमन्त्री विष्टलाई केही दिनअघि कोरोना संक्रमण भएको थियो । सुर्खेतमा उपचार हुन नसकेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
उनी २०७० मा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । कांग्रेस सुर्खेतको सभापति भएका विष्ट २०७४ मा देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री बनेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij