२०८२ कार्तिक १९ गते बुधवार
धादिङ । धादिङको सेर्तुङमा पहिरोले डोजर पुरिँदा दुई जना बेपत्ता भएका छन् ।
धादिङ बेसीको तिप्लिङस्थित आदा खोलामा पहिरोले डोजर पुर्दा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का जोजो तामाङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बेपत्ताहरुको गए राति देखि नै खोजी भइरहे पनि फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले शनिबार बिहानै देखि बेपत्ता दुवैको खोजी भइरहेको बताए ।
सडक निर्माणमा प्रयोग भएको डोजरसहित उनीहरुलाई पहिरोले पुरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij