२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । यो साता ३ कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, नेपाल राष्ट्र बैंक र सिर्जना फाइनान्स लिमिटेडको शेयर नेप्सेमा सूचिकृत भएको हो ।
सिटिजन्स बैंकको शेयर सोमबार नेप्सेमा सूचिकृत भएको छ । नेप्सेका अनुसार बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १:०.९६ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको एक करोड ८४ लाख ५० हजार ३ सय ८२.३९ कित्ता शेयर सूचिकृत भएको हो ।
त्यस्तै नेपाल राष्ट्र बैंकको १५ अर्बको ऋणपत्र बुधबार नेप्सेमा सूचिकृत भएको छ । नेप्सेका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले २०७८ साल जेठ १३ निष्काशन गरेको ४.७९५ विकास ऋणपत्र २०८३ 'घ' नामको ५ वर्ष अवधिको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।
उक्त ऋणपत्रका लगानीकर्ताले अर्धवार्षिक रुपमा ४.७९ प्रतिशत व्याजदर प्राप्त गर्नेछन् । साथै बिहिबार सिर्जना फाइनान्सको ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले गत चैत १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३.५९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij