Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

आज कहाँ-कहाँ छ बाढीको खतरा ? हेर्नुहोस् सूचना

आज कहाँ-कहाँ छ बाढीको खतरा ? हेर्नुहोस् सूचना


  • 7.6K
    Shares

    आज  कहाँ-कहाँ  छ बाढीको खतरा ? हेर्नुहोस् सूचना
    images

    काठमाडौँ । देशभर वर्षा हुने क्रम जारी छ । वर्षासँगै विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानले धनजन क्षति पुर्‍याइरहेको छ ।

    यसैले त्यस्तो विपत्ति आउनुभन्दा पहिले होसियारी पुर्‍याउन आवश्यक छ । यसै सन्दर्भमा आज कहाँ कहाँ कुन कुन नदीमा बाढीले क्षति पुर्‍याउने सम्भावना छ भनेर बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ ।

    सूचनाअनुसार आज (शनिबार) कोसी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका नदीमा आकस्मिक बहाव आउने सम्भावना छ । यसर्थ यी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ ।

    महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज कोसी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यमरभारी वर्षा भई बहाव बढ्दो हुने र केही ससाना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले उक्त क्षेत्रका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं ।’

    हेर्नुहोस्, बाढी पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिनसम्मको बाढी अनुमान :

    b.jpg

    प्रकाशित मिति :आषाढ ५ २०७८ शनिवार - १०:१४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij