२०८२ माघ १५ गते बिहिवार
जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दाबी गर्दै अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ।
शुक्रबार ३० जना केन्द्रीय कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहित अध्यक्ष यादवले निर्वाचन आयोगमा निवेदन दिएका हुन्। उनले नियम बमोजिम लिखित दाबी पेश गरेको जनाएका छन्।
आयोगलाई दिएको निवेदनमा भनेका छन्, “नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४, दलको अन्तरिम विधान २०७७ (सं.स.) समेतको अनुकूल सञ्चालन गर्न–गराउन आवश्यक भएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ को (ग) बमोजिम आधिकारिकताका लागि दफा ४४ (१) बमोजिमको आधिकारिक निर्णय आवश्यक भएकाले दफा ४४ को उपदफा २, ३, ५, ६ र ७, दफा ४५, ४६ (१) (२) बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी आधिकारिकताका लागि जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको मिति २०७८–३–३ को निर्णय बमोजिम लिखित दाबी पेश गरेका छौं।”
यसअघि बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले बहुमतका आधारमा लिखित दाबी पेश गर्ने निर्णय गरेको थियो। बैठकमा ३० सदस्य उपस्थित थिए। जसपाको केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय रहेको छ। केन्द्रीय कार्यकारिणी समितिमा यादवको बहुमत रहेको छ।
१) उपेन्द्र यादव
२)बाबुराम भट्टराई
३) अशोक राई
४) राजेन्द्र श्रेष्ठ
५) रकम चेम्जोङ
६) महेन्द्र राय यादव
७) नवराज सुवेदी
८) हिसिला यमी
९) रेणुकुमारी यादव
१०) परशुराम खापुङ
११) युवराज कार्की
१२) गजाधररोहिता यादव
१३) रमेशप्रसाद यादव
१४) युवराज कार्की
१५) लालबाबु राउत
१६) हेमराज राई
१७) गंगानारायण श्रेष्ठ
१८) रणध्वज लिम्बू
१९) रामसहायप्रसाद यादव
२०) डम्बरवल्लभ खतिवडा
२१) मोहम्मद इस्तियाक राई
२२) दुर्गा सोब
२३) परशुराम बस्नेत
२४) प्रशान्त सिंह
२५) भक्तबहादुर शाह
२६) सुशीला श्रेष्ठ
२७) विजयकुमार यादव
२८) मृगेन्द्रकुमार सिंह यादव
२९) नवलकिशोर साह सुडी र,
३०) रामनरेशराय यादव।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij