२०८३ कार्तिक ९ गते सोमवार
काठमाडौं । इन्जिनियर महिलामाथि हातपात गर्ने पुरुष इन्जिनियर पक्राउ परेका छन् ।
इटहरी महानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीमाथि असोज पहिलो साता हातपात भएको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीले जनाएअनुसार अधिकारीमाथि हातपात गरेको आधारमा उपमहानगरकै योजना शाखामा कार्यरत अर्का इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका हुन् । पीडित अधिकारीले आफूमाथि हातपात गरेको भनी किटानी जाहेरी दिएकी थिइन् ।
जाहेरीका आधारमा सुनसरी जिल्ला अदालतबाट चौधरीलाई पक्राउ गर्न असोज ५ गते पक्राउ पूर्जी जारी भएको थियो । घटनापछि उनी फरार थिए । प्रहरीले उनलाई इटहरीको पश्चिम लाइनबाट पक्राउ गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij