Logo

२०८३ कार्तिक ८ गते आइतवार

२०८३ कार्तिक ८ गते आइतवार

सस्तियो कुखुरा मासु, यस्तो छ नयाँ मूल्य

सस्तियो कुखुरा मासु, यस्तो छ नयाँ मूल्य


  • 638
    Shares

    सस्तियो कुखुरा मासु, यस्तो छ नयाँ मूल्य
    images

    काठमाडौं । दसैं सकिए लगत्तै काठमाडौंमा कुखुरा मासुको भाउमा गिरावट आएको छ ।

    राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले भोलि सोमबारदेखि लागु हुने गरी जिउँदो कुखुरा र तयारी मासु दुवैको भाउ घटाएको हो ।

    संघका अनुसार जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ । दसैंअघि प्रतिकिलो २ सय ९० रुपैयाँमा बिक्री भइरहेको जिउँदो कुखुराको भाउ अब २ सय ८० रुपैयाँ कायम गरिएको छ ।

    त्यसैगरी तयारी मासुको भाउ पनि प्रतिकिलो १५ रुपैयाँले सस्तिएको छ । यसअघि ४ सय रुपैयाँमा बिक्री हुँदै आएको तयारी मासु ३ सय ८५ रुपैयाँ तोकिएको संघले जनाएको छ ।

    मूल्य घट्नुको मुख्य कारण बजारमा मासु खपतमा आएको कमीलाई मानिएको छ । संघका अनुसार दसैंको समयमा कुखुराको तुलनामा खसीबोकाको मासु बढी प्रयोग हुने गर्छ ।

    यसका साथै चाडपर्व मनाउन काठमाडौं उपत्यका बाहिर गएका अधिकांश मानिस अझै फर्किसकेका छैनन् । उपत्यकामा मानिसहरूको उपस्थिति कम हुँदा समग्रमा मासुको माग र खपत घटेकाले मूल्य समायोजन (घटाउनु) परेको संघको भनाइ छ ।

    प्रकाशित मिति :कार्तिक ८ २०८३ आइतवार - १८:२८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij