Logo

२०८३ कार्तिक ८ गते आइतवार

२०८३ कार्तिक ८ गते आइतवार

पूरा भयो एनपीएलको तयारी : विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने

पूरा भयो एनपीएलको तयारी : विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने


  • 484
    Shares

    पूरा भयो एनपीएलको तयारी : विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । 

    आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले पाउने रकमबारे जानकारी दिएको हो । 

    प्रतियोगिता सोमबार (अक्टोबर २६) देखि सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ सम्म हुनेछ । प्रतियोगितामा दुवै संस्करण खेलेका आठ टिमको सहभागिता रहनेछ । 

    यस संस्करण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ भने प्रतियोगितामा पहिलोपटक डीआरएस प्रणाली लागु गरिनेछ । मान्यता अनुरुप प्रतियोगितामा खेलाडीहरूले बनाउने रन लिस्ट ‘ए’ क्रिकेटमा समावेश गरिनेछ ।

    प्रकाशित मिति :कार्तिक ८ २०८३ आइतवार - १७:३९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij