२०८३ कार्तिक ८ गते आइतवार
काठमाडौं । अरुण र दुधकोसी नदीको संगमस्थलमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका १० जनाको सकुशल उद्धार गरिएको छ।
इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरीका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले दिएको जानकारी अनुसार उक्त दुर्घटना करिब ३ बजेतिर भएको हो।
अरुण नदीमा इन्जिन अफ भई अनियन्त्रित भएर बगिरहेको डुंगा अरुण र दुधकोसीको संगमस्थलमा पुगेपछि पल्टिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक भट्टराईका अनुसार, दुर्घटनामा परेको डुंगामा कुल १६ जना यात्रु सवार रहेका थिए। घटनालगत्तै उद्धारमा खटिएको प्रहरी टोलीले १० जनाको उद्धार गर्न सफल भएको छ भने उद्धार गरिएकामध्ये ३ जनाको मृत्यु भइसकेको छ। अन्य २ जना हराइरहेका छन्।
भोजपुरको माथिल्लो क्षेत्रबाट फर्किंदै गरेको उक्त डुंगा दुर्घटनामा परेको हो। यतिबेला प्रहरी टोली घटनास्थलमा खटिएर थप उद्धार काम गरिरहेको छ। मृतकको विस्तृत विवरण भने खुल्न बाँकी रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij