२०८३ कार्तिक ६ गते शुक्रवार
कास्की । सहारा क्लब पोखराले आयोजना गर्दै आएको आहा रारा पोखरा गोल्डकप’को २६औँ संस्करण माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक सहारा क्लब पोखराले विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ” भन्ने मुख्य उद्घोषका साथ २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता हिम श्री फुड्स प्रा. लि.को उत्पादन ‘आहा रारा’ तयारी चाउचाउको मुख्य प्रायोजन र पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुन लागेको हो ।
पोखरामा फुटबलको विकास, खेलकुदको प्रवर्द्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । क्लबले पोखरा १७ दोबिल्लामा एकेडेमी सञ्चालन गर्दै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij