Logo

२०८३ कार्तिक ५ गते बिहिवार

२०८३ कार्तिक ५ गते बिहिवार

यस्तो रहनेछ आगामी ३ दिनको मौसम

यस्तो रहनेछ आगामी ३ दिनको मौसम


  • 421
    Shares

    यस्तो रहनेछ आगामी ३ दिनको मौसम
    images

    मौसम पूर्वानुमान महाशाखाले आज बिहीबारसमेत ३ दिनसम्मको मौसम प्रक्षेपण जारी गरेको छ। 

    जसअनुसार यस्तो छ शनिबारसम्मको मौसम सम्भावना-

    २०८३ कार्तिक ५ गते (बिहीबार)

    दिउँसो : देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

    राति : कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख तराईका केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।

    २०८३ कार्तिक ६ गते (शुक्रबार)

    दिउँसो : देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

    राति : कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ।

    २०८३ कार्तिक ७ गते (शनिबार)

    दिउँसो : देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

    राति : कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईमा बिहानीपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।

    प्रकाशित मिति :कार्तिक ५ २०८३ बिहिवार - ११:४८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij