Logo

२०८३ कार्तिक ५ गते बिहिवार

२०८३ कार्तिक ५ गते बिहिवार

दसैँ टीकाको दोस्रो दिन, मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

दसैँ टीकाको दोस्रो दिन, मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी


  • 337
    Shares

    दसैँ टीकाको दोस्रो दिन, मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी
    images

    काठमाडौं । दसैँ टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ ।

    खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दसैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरूको चहलपहल जारी हुनेछ ।

    देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

    कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादसैँ समाप्त हुन्छ ।

    प्रकाशित मिति :कार्तिक ५ २०८३ बिहिवार - ०७:१८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij