२०८३ कार्तिक ४ गते बुधवार
मलङ्गवा । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन भएको छ । ८५ वर्षको उमेरमा उपचारको क्रममा साहको काठमाडौमा निधन भएको हो ।
केही दिनदेखि समान्य रुघाखोकी र ज्वरोले बिरामी परेका साह काठमाडौंमा उपचाररत थिए । मंगलबार अस्पतालबाट डिस्चार्ज भएका साह घर आउने तयारीमा थिए । कोठा बस्दै आएका साहको बुधबार बिहान निधन भएको परिवारजनले बताएका छन् । उनको पार्थिव शरीर पैतृक गाउँ ल्याएर बुधबार नै अन्तिम संस्कार गरिने भएको छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा साह नेपाली काङ्ग्रेसबाट निर्वाचित थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij