२०८३ कार्तिक ४ गते बुधवार
पेरिस। फ्रान्स सरकारले हिंसा र लुटपाट नियन्त्रण गर्न आगामी शनिबार हुने प्रदर्शनमा प्रहरीसँगै सेना परिचालन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सुरक्षा व्यवस्थामा कमजोरी भएको स्वीकार गर्दै आगामी प्रदर्शनका लागि कडा सुरक्षा व्यवस्था लागू गरिने बताएका छन्। गृहमन्त्री लरेन नुनेजले पनि विगतका घटनाबाट पाठ सिक्दै सुरक्षा रणनीति परिवर्तन गरिने जनाएका छन्।
महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवामा बजेट अभावको विरोधमा विद्यार्थी संगठन तथा ‘यल्लो भेस्ट’ समूहले प्रदर्शन जारी राख्ने घोषणा गरेका छन्। हिंसा र लुटपाटका कारण व्यवसायमा ठूलो क्षति पुगेको छ भने फ्रान्सको अर्थतन्त्रमा समेत दबाब बढेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij