Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

आजको लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक

आजको लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक


  • 316
    Shares

    आजको लागि  विदेशी मुद्राहरूको  विनिमयदर सार्वजनिक
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक ४ गते (अक्टोबर २१) का लागि विदेशी मुद्राहरूको विनिमयदर तोकेको छ।

    आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बसेको छ भने युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरको भाउ बढेको छ। 

    राष्ट्र बैंकले आजका लागि पनि अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५९ पैसा कायम गरेको छ भने बिक्रीदर १५२ रुपैयाँ १९ पैसा तोकेको छ। हिजो मंगलबार पनि यसको रेट यति नै थियो।

    यस्तै आज साउदी अरेबियन रियालको मूल्य पनि मंगलबारजस्तै १ को खरिददर ४० रुपैयाँ ४१ पैसा र खरिददर ४० रुपैयाँ ५७ पैसा कायम गरिएको छ। चिनियाँ युआनको मूल्य पनि मंगलाबरकै यथावत् छ अर्थात् १ को खरिददर २२ रुपैयाँ ७० पैसा, बिक्रीदर २२ रुपैयाँ ७९ पैसा छ। 

    आज युरोपियन युरोको भाउ भने बढाइएको छ। आज युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ २ पैसा र बिक्रीदर १७० रुपैयाँ ६९ पैसा छ। मंगलबार युरोपियन युरो १ को खरिददर १६९ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर १७० रुपैयाँ ५७ पैसा थियो। 

    यसैगरी आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०३ रुपैयाँ १८ पैसा तोकिएको छ। मंगलबार खरिददर २०२ रुपैयाँ २ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८२ पैसा थियो। 

    अस्ट्रेलियन डलरको भाउ पनि केही बढेको छ। जसअनुसार आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। मंगलबार यसको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २४ पैसा थियो। 

    लगातार २ दिन बढेको क्यानेडियन डलरको भाउ भने केही घटेको छ। आज क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०८ रुपैयाँ २७ पैसा छ। 

    सिंगारपुर डलर र जापानी येनको विनिमय दर भने मंगलबारको तुलनामा आज केही बढेको छ।

    आज सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४ पैसा छ। मंगलबार सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ४६ पैसा र खरिददर ११८ रुपैयाँ ९३ पैसा थियो। 

    यस्तै आज  जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। मंगलबार खरिददर ९ रुपैयाँ ५८ पैसा र खरिददर ९ रुपैयाँ ६२ पैसा थियो। 

    प्रकाशित मिति :कार्तिक ४ २०८३ बुधवार - ०६:४१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij