Logo

२०८३ कार्तिक ३ गते मंगलवार

२०८३ कार्तिक ३ गते मंगलवार

बितेका २४ घण्टामा विपद्का २४ घटना: एक जनाको मृत्यु, ११ घाइते

बितेका २४ घण्टामा विपद्का २४ घटना: एक जनाको मृत्यु, ११ घाइते


  • 302
    Shares

    बितेका २४ घण्टामा विपद्का २४ घटना: एक जनाको मृत्यु, ११ घाइते
    images

    काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ। क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ।

    यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत असोज २५देखि आजसम्म मादक पदार्थ सेवन गरेका ६७७ जना र लागुऔषध सेवन  गरी सवारी चलाएका २६ जना चालकलाई  कारबाही गरेको छ। उनीहरूमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही भएको हो।

    प्रकाशित मिति :कार्तिक ३ २०८३ मंगलवार - १९:०१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij