Logo

२०८३ कार्तिक ४ गते मंगलवार

२०८३ कार्तिक ४ गते मंगलवार

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो


  • 190
    Shares

    चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो
    images

    चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा तीन हजार ३६२ जनाको नाम मतदाता सूचीबाट हटाएको छ।

    कार्यालयका अनुसार दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो। कार्यालय प्रमुख भीमसेन कार्कीका अनुसार दोहोरो दर्ता भएका एक हजार ९४३, मृत्यु भएका एक हजार ३८० र नागरिकता परित्याग गरेका ३९ जनाको नाम सूचीबाट हटाइएको छ।

    निर्वाचन आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो दर्ता भएको पुष्टि भएका व्यक्तिको नाम हटाइएको उनले बताए। त्यस्तै, भदौ १२ गतेसम्म सम्बन्धित वडा कार्यालय तथा मृतकका परिवारले दर्ता गराएको मृत्यु प्रमाणपत्रका आधारमा मृत्यु भएका व्यक्तिको नाम हटाइएको हो।

    नागरिकता परित्याग गरेका व्यक्तिको नाम भने जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा हटाइएको कार्कीले जानकारी दिए

    गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला चितवनमा चार लाख ४२ हजार ८२ मतदाता थिए। फागुन २१ गतेको निर्वाचनपछि जिल्लामा १३ हजार १३४ जना मतदाता थपिएका छन्।

    प्रकाशित मिति :कार्तिक ४ २०८३ मंगलवार - ११:३०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij