Logo

२०८३ कार्तिक ४ गते मंगलवार

२०८३ कार्तिक ४ गते मंगलवार

घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ आज विदेशी मुद्रा विनिमयदर

घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ आज विदेशी मुद्रा विनिमयदर


  • 407
    Shares

    घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ आज विदेशी मुद्रा विनिमयदर
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक ३ गते (अक्टोबर २०) का लागि विदेशी मुद्राहरूको विनिमयदर तोकेको छ।

    सार्वजनिक मूल्यसूचीअनुसार ३ दिनदेखि स्थिर अमेरिकी डलरको भाउ आज घटेको छ। 

    आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर १५२ रुपैयाँ १९ पैसा छ। शनिबारदेखि सोमबारसम्म अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा थियो।

    शुक्रबार भने अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा थियो। यस्तै युरोपियन युरोको मूल्य पनि घटेको छ। आज युरोपियन युरो १ को खरिददर १६९ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर १७० रुपैयाँ ५७ पैसा तोकिएको छ। सोमबार खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा थियो। 

    यसैगरी अघिल्लो दिनको तुलनामा आज यूके पाउन्ड स्टर्लिङको भाउ केही कम भएको छ।

    राष्ट्र बैंकले आज  यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ २ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८२ पैसा कायम गरेको छ। सोमबार खरिददर २०२ रुपैयाँ १२ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९२ पैसा थियो। 

    क्यानेडियन डलरको भाउ भने लगातार दोस्रो दिन बढेको छ। 

    आज क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ५५ पैसा र खरिददर १०७ रुपैयाँ ९८ पैसा छ। सोमबार खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६७ पैसा थियो भने आइतबार खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५५ पैसा थियो। 

    आज सिंगापुर डलरको भाउ भने घटेको छ।

    मंगलबार सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ४६ पैसा र खरिददर ११८ रुपैयाँ ९३ पैसा तोकिएको छ।सोमबार खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा थियो।

    राष्ट्रबैंकले आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र खरिददर ९ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ६९ पैसा र खरिददर २२ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ। 

    साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ४१ पैसा र खरिददर ४० रुपैयाँ ५७ पैसा कायम गरिएको छ। सोमबार पनि यसको मूल्य यही थियो। 

    यस्तै आज कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ६२ पैसा र खरिददर ४१ रुपैयाँ ७८ पैसा छ भने यूएई दिराम १ को खरिददर ४१ रुपैयाँ २९ पैसा तथा खरिददर ४१ रुपैयाँ ४५ पैसा तोकिएको छ। 

    यस्तै मलेसियन रिङ्गेट आज १ को खरिददर ३७ रुपैयाँ १५ पैसा र खरिददर ३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।  

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

    प्रकाशित मिति :कार्तिक ४ २०८३ मंगलवार - ०७:२१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij