Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

आज दिनभरको १३ खबर एकै ठाउँमा

आज दिनभरको १३ खबर एकै ठाउँमा


  • 379
    Shares

    आज दिनभरको १३ खबर एकै ठाउँमा
    images

    १. शहरले खोस्न नसकेको खुशीः काठमाडौंको धुलाम्मे सडकपेटीमा दशैँको मच्चिँदो पिङ

    काठमाडौंको व्यस्त सडक । एकातिर कालो धुवाँको मुस्लो छाड्दै तिब्र गतिमा गुडिरहेका टिपर र मोटरसाइकलहरूको कर्कश आवाज । अर्कोतिर अग्ला कंक्रिटका घरहरू र धुलोले ढाकिएका सडकपेटी । शहर आफ्नो नियमित रफ्तारमा दौडिरहेको थियो । तर त्यही व्यस्त सडकको छेउमा रहेको एउटा सानो खाली माटोको चौरमा भने समय एकाएक थामिएझैं लाग्थ्यो । त्यहाँ ठडिएको थियो, चारवटा अग्ला बाँसका लिङ्गाहरू आपसमा गाँसिएको एउटा भव्य लिङ्गे पिङ । 

    २. राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन

    राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । सोमवार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवतीमा पुगेर पूजा आराधना गर्नुभएको हो ।  पूजा आराधना र दर्शन गर्नुका साथै उहाँले टीका र प्रसाद ग्रहण गर्नुभएको हो । दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ । 

    ३. बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न

    नेपालीहरूको महान चाड बडादशैँ मनाउन लाखौँ सर्वसाधारण थातथलो फर्केसँगै संघीय राजधानी काठमाडौं उपत्यका प्रायः सुनसान बनेको छ । 
    सधैँजसो तिब्र सवारी चाप र पैदलयात्रुको भीडभाडले भरिभराउ हुने उपत्यकाका मुख्य सडक, व्यापारिक केन्द्र र सार्वजनिक स्थलहरू यतिबेला चकमन्न देखिएका छन् ।

    ४. आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध आन्दोलन गर्ने अक्रम खानको चेतावनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाउनुभएको छ । उहाँले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । खानले लुम्बिनीको विकास, संरक्षण र प्रवद्र्धनका लागि स्थानीय भावना बुझ्ने, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने बताउनु भयो । लुम्बिनीको महत्व र स्थानीय जनताको भावनालाई बेवास्ता गर्दै सरकारले विवादित यक्तिलाई नियुक्त गरेको उहाँको आरोप छ । 

    ५. ‘दशौँ राष्ट्रिय खेलकुद’ निर्धारित मितिमै हुने राखेपको दाबीः ३२ खेल समावेश, ४४ करोड बजेट

    हरेक दुई वर्षको अन्तरमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको दशौं संस्करण विभिन्न बाहना सारिँदै आएको छ । कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुद यसपल्ट आगामी मङ्सिर १६ देखि २९ गतेसम्म हुने तयारी छ । २०८१ सालमा नै आयोजना हुनुपर्ने दशौं राष्ट्रिय खेलकुद अहिलेसम्म हुन सकेको छैन । यसको तयारीबारे नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता न्युज एजेन्सी नेपालले गरेको अन्तर्वार्ताको सम्पादित अंश यस्तो छ । 

    ६. चाडपर्वमा आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरको विशेष तयारीः आगलागीको सूचना आएको एक मिनेटभित्रै दमकल परिचालन गरिने

    दशैं, तिहारलगायतका चाडपर्वमा हुनसक्ने सम्भावित आगलागी तथा विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । चाडपर्वका समयमा आगलागीको जोखिम बढ्ने भएकाले काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागअन्तर्गतको वारुण यन्त्र कार्यालयले विपद् व्यवस्थापनका उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ ।

    ७. चाडपर्वमा काठमाडौं उपत्यकामा रगत अभाव छैनः रक्तसञ्चार सेवा केन्द्र

    नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले चाडपर्वको समयमा आकस्मिक दुर्घटनाका घाइते, प्रसूति सेवा तथा नियमित डायलासिस गराइरहेका बिरामीका लागि रगतको अभाव नरहेको बताएको छ । सोमवार न्युज एजेन्सीसँग कुरा गर्दै केन्द्रका प्रतिनिधि सञ्जीव यादवले हाल केन्द्रसँग रगतको अभाव नरहेको दाबी गर्नुभएको हो । उहाँले चाडपर्वको समयमा रगतको माग बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर यसअघि नै रक्तदान शिविर सञ्चालन गरी रगत संकलन गरिएको बताउनु भयो ।

    ८. आलुको शहरबाट ‘एआई कम्प्युटिङ हब’ तर्फ उलान्काबको फड्कोः हरित ऊर्जामा आधारित विशाल प्रविधि केन्द्र बन्दै

    उत्तरी चीनको भित्री मङ्गोलिया (इनर मङ्गोलिया) स्वायत्त क्षेत्रस्थित उलान्काब शहर, जसलाई कुनै बेला ‘आलुको राजधानी’ भनेर चिनिन्थ्यो, अहिले विश्वव्यापी कम्प्युटिङ शक्ति (कम्प्युटिङ पावर) को प्रतिष्पर्धामा एक नयाँ र शक्तिशाली रणनीतिक केन्द्रका रूपमा उदाएको छ । उलान्काबको चाहार हाई–टेक विकास क्षेत्रमा चीनका प्रविधि दिग्गजहरू अलिबाबा, ह्वावे तथा बाइटडान्सलगायतका कम्पनीहरूले आफ्ना उपस्थिति सुदृढ पारेका छन् । 

    ९.इजरायलको चुनाव नजिकिँदै गर्दा ट्रम्पद्वारा नेतान्याहुको पक्षमा ‘पूर्ण समर्थन’ घोषणा

    इजरायलमा हुन लागेको आम निर्वाचनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पुनः निर्वाचित गराउन खुला समर्थन जनाउनुभएको छ । निर्वाचन हुन केवल नौ दिन बाँकी रहँदा आईतवार ट्रम्पले सामाजिक सञ्जालमार्फत नेतान्याहुलाई आफ्नो ‘पूर्ण र समग्र समर्थन’ रहेको घोषणा गर्नुभएको हो । आगामी अक्टोबर २७ मा इजरायलमा हुन गइरहेको संसदीय निर्वाचनलाई लक्षित गर्दै ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत नेतान्याहुको पक्षमा मत माग्नुभएको छ ।

    ११. कोलकातामा दुर्गा पूजाका क्रममा भागदौडः १९ जनाको मृत्यु, आयोजकसहित १० जना नियन्त्रणमा

    भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा आयोजित दुर्गा पूजा महोत्सवका क्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । शनिवार भएको उक्त दुःखद् घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने तीमध्ये एक जनाको अवस्था अत्यन्त गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । वार्षिक रूपमा मनाइने दुर्गा पूजाको अवसरमा हजारौँ श्रद्धालुहरूको उपस्थिति रहेको धार्मिक समारोहमा अचानक भागदौड मच्चिएको थियो । 

    १२. पाकिस्तान–अफगानिस्तान सीमामा भिडन्तः पाकिस्तानी सेनाद्वारा जवाफी कारबाही, स्थिति तनावग्रस्त

    पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वासँग जोडिएको सीमावर्ती क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको गोलीबारीको पाकिस्तानी सेनाले कडा जवाफी कारबाही गरेको छ । शनिबार भएको यस घटनामा विदेशी लडाकुहरूलाई पाकिस्तानी भूभागभित्र अवैध प्रवेश गराउने उद्देश्यले सीमापारबाट आक्रमण गरिएको पाकिस्तानी सुरक्षा स्रोतहरूले दाबी गरेका छन् । पाकिस्तानी सुरक्षा निकायकाअनुसार अफगानिस्तानतर्फबाट अचानक अन्धाधुन्ध गोलीबारी शुरु भएपछि सीमा सुरक्षामा तैनाथ पाकिस्तानी सेनाले तत्काल सशक्त प्रत्याक्रमण गरेको थियो । 

    १३. साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा २४ घण्टाभित्र ५३ हवाई आक्रमण भएको हुथी विद्रोहीको दाबी

    यमनको विद्रोही समूह हुथीले साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले पछिल्लो २४ घण्टाभित्र देशका विभिन्न भागहरूमा ५३ पटक हवाई आक्रमण गरेको दाबी गरेको छ । विद्रोही नियन्त्रित राजधानी सानासहित रणनीतिक रूपमा महत्वपूर्ण ६ वटा प्रान्तहरूलाई लक्षित गरी यी भीषण आक्रमणहरू भएको हुथी पक्षले जनाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सारियाले एक विज्ञप्ति जारी गर्दै साउदी लडाकु विमानहरूले राजधानी सानाका साथै ताइज, इब्ब, लाहिज, सादा र अमरान प्रान्तमा व्यापक बमबारी गरेको जानकारी दिएका छन् । 

    प्रकाशित मिति :कार्तिक ३ २०८३ सोमवार - १९:१२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij