Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा ग्याङ्स्टर अनिल पण्डितले लिए

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा ग्याङ्स्टर अनिल पण्डितले लिए


  • 463
    Shares

    टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा ग्याङ्स्टर अनिल पण्डितले लिए
    images

    काठमाडौँ ।  बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको जिम्मेवारी अमेरिकामा रहेका भनिएका ग्याङ्स्टर अनिल पण्डितले लिएको दाबी गरिएको छ। 

    भारतीय सञ्चारमाध्यमका अनुसार उनले अडियो सन्देशमार्फत टाइगरसहित अन्य बलिउडकर्मीलाई धम्की दिएका छन्। उक्त सन्देशमा अभिनेता सलमान खानलाई लरेन्स बिश्नोई र बिश्नोई समुदायसँग माफी माग्न चेतावनीसमेत दिइएको बताइएको छ।

    आइतबार साँझ मुम्बईको जुहू क्षेत्रमा टाइगर श्राफको कारमाथि गोली प्रहार भएको थियो। घटनामा उनका चालक फिरदौस र अर्का एक व्यक्ति घाइते भएका थिए भने टाइगर सुरक्षित रहेको बताइएको छ।

    घटनापछि सुरक्षा निकायले प्राप्त गरेको भनिएको अडियो क्लिपमा पण्डितले आफू र आफ्ना सहयोगी हरमन सन्धुले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेका छन्। अडियोमा टाइगरलाई यसअघि चेतावनी दिइएको तर त्यसलाई बेवास्ता गरेको आरोप लगाइएको छ।

    त्यस्तै, सलमान खानसँग काम गर्ने फिल्मकर्मीलाई समेत निशाना बनाउने धम्की दिइएको समाचारमा उल्लेख छ। सलमान र उनको परिवारले लरेन्स बिश्नोई तथा बिश्नोई समुदायसँग माफी नमागे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत उक्त अडियोमा रहेको बताइएको छ।

    प्रकाशित मिति :कार्तिक ३ २०८३ सोमवार - १५:२२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij