Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

बिस्कुटमा गाईवस्तुलाई खुवाउने चोकर प्रयोग भएको पाइएपछि...

बिस्कुटमा गाईवस्तुलाई खुवाउने चोकर प्रयोग भएको पाइएपछि...


  • 274
    Shares

    बिस्कुटमा गाईवस्तुलाई खुवाउने चोकर प्रयोग भएको पाइएपछि...
    images

    काठमाडौं । सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’ आयात र बिक्री वितरणमा तत्काल रोक लगाउँदै बजारबाट सम्पूर्ण उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ ।

    बिस्कुट उत्पादनमा मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर प्रयोग गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

    विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको उपस्थितिमा बसेको उच्च व्यवस्थापन समूह र प्रडक्ट रिकल प्राविधिक समितिको आकस्मिक बैठकले उपभोक्ताको स्वास्थ्य सुरक्षा ध्यानमा राख्दै उक्त बिस्कुटको पैठारी स्वीकृति र नाकाबाट हुने प्रवेश अनुमति पूर्णरूपमा स्थगन गर्ने निर्णय गरेको छ ।

    भारतीय नियामक निकाय ‘भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण’ ले अक्टोबर १७ मा जारी गरेको सूचना आधार मान्दै नेपालले यो निर्णय गरेको हो । भारतमा उपभोक्ताको उजुरीपछि त्यहाँको मानक प्राधिकरणले प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड’ को कारखाना निरीक्षण गर्दा गम्भीर लापरबाही फेला पारेको थियो ।

    निरीक्षण क्रममा बिस्कुटमा रेसा (फाइबर) को स्रोतका रूपमा गाईवस्तुलाई खुवाउने चोकर प्रयोग गरेको भेटिएको थियो । उक्त चोकर राखिएका जुटको बोरामा स्पष्ट रूपमा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि नभएको’ भनी उल्लेख गरिएको थियो ।

    यसका साथै कारखानामा सरसफाइ, कीटनाशक नियन्त्रण, कच्चापदार्थ भण्डारण र कर्मचारीको व्यक्तिगत स्वच्छतामा समेत गम्भीर कमजोरी पाइएपछि भारतमा उक्त कम्पनीको इजाजतपत्र (लाइसेन्स) निलम्बन गरी कानुनी कारबाही अघि बढाइएको छ ।

    प्रकाशित मिति :कार्तिक ३ २०८३ सोमवार - ०९:३५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij