Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

मौसम पूर्वानुमान

आज कहाँ–कहाँ हुनेछ वर्षा र हिमपात ?

आज कहाँ–कहाँ हुनेछ वर्षा र हिमपात ?


  • 365
    Shares

    आज  कहाँ–कहाँ हुनेछ वर्षा र हिमपात ?
    images

    काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    सोमबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । 

    कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग साथै देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

    देशको हिमाली भू–भागका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    राति, देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने, पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ तथा तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । 

    कोसी र गण्डकी  प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ३ २०८३ सोमवार - ०८:२५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij