Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

टाइगर श्राफलाई ताकेर गोली प्रहार, चालक घाइते

टाइगर श्राफलाई ताकेर गोली प्रहार, चालक घाइते


  • 456
    Shares

    टाइगर श्राफलाई ताकेर गोली प्रहार, चालक घाइते
    images

    आइतबार मुम्बईमा बलिउड अभिनेता टाइगर श्राफलाई ताकेर पाँच गोली प्रहार गरिएको छ। यद्यपि उनी सुरक्षित रहेको मुम्बई प्रहरीले जनाएको छ। 

    भारतीय अनलाइन दैनिक भास्करका अनुसार मुम्बईको जुहुमा मोटरसाइकलमा आएका व्यक्तिहरूले उनलाई लक्ष्य गरी गोली हानेका हुन्। 

    गोली लागेर अभिनेता श्राफका चालक घाइते भएका छन्।

    टाइगर श्राफ जुहुको पुष्पा पार्क क्षेत्रनजिकै हुँदा बाइकमा आएका तीन जनाले अचानक टाइगरको कारमा गोली हानेका हुन्। 

    टाइगरका चालक र नजिकै रहेका अटो-रिक्सा चालकलाई पनि गोली लागेको छ। घटनालगत्तै घाइतेहरूलाई नजिकैको अस्पताल लगिएको छ।

    यसैबिच लरेन्स ग्याङका अनिल पण्डित र हरमन सन्धुले गोलीकाण्डको जिम्मेवारी लिएका छन्।

    अनिल पण्डितले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले उसलाई सम्झाएका थियौँ तर उसले बुझ्न चाहेन।आज हामीले उसलाई राम्रोसँग बुझायौँ। मुम्बई फिल्म उद्योगमा जसले हाम्रो कुरा सुन्दैन वा सलमानसँग काम गर्छ, अर्को नम्बर उसको हुनेछ।’

    प्रकाशित मिति :कार्तिक ३ २०८३ सोमवार - ०५:२७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij