Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका


  • 232
    Shares

    दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका
    images

    सिन्धुपाल्चोक । दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन् । 

     तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति नेपालमा सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको हो । 

     सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लाम लागेको बताए ।  सिचाङको न्यालममा ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा रहेको उनको भनाइ छ ।  चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको बताएको थियो । हाल अस्थायी रूपमा नाका सञ्चालन गरिएको हो । 

    प्रकाशित मिति :कार्तिक २ २०८३ आइतवार - १५:१९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij