२०८३ कार्तिक २ गते आइतवार
काठमाडौँ । बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
शक्तिस्वरूपा देवीको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्दै भक्तजनहरू बिहानैदेखि मन्दिर पुगेका हुन् । महाअष्टमीका दिन देवीको दर्शन तथा पूजाआजा गर्न आउने श्रद्धालुको चहलपहल बढेको छ ।
दसैँको महाअष्टमीका दिन दुर्गा भवानीको विशेष पूजा गर्ने धार्मिक परम्परा छ । यस दिन देवीको आराधना, बलिपूजा तथा विभिन्न धार्मिक अनुष्ठान गरिन्छ ।
महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij