Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

पूर्वसांसद कृष्णसिंह परियारको निधन

पूर्वसांसद कृष्णसिंह परियारको निधन


  • 6.1K
    Shares

    पूर्वसांसद  कृष्णसिंह परियारको निधन
    images

    नेपालगञ्ज । पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ । ६८ वर्षीय परियारको शुक्रबार बिहान ७ बजे नेपालगञ्ज–१२ कोरियनपुरस्थित निवासमा निधन भएको हो । परियार मधुमेह, उच्च रक्तचापको समस्याले ग्रसित थिए । 

    नेपाली कांग्रेसका नेता परियार वि.सं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उनले राज्य ब्यवस्था समितिको सभापति समेत भएर कार्य गरेका थिए । उनी पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निकट नेताको रूपमा परिचित थिए ।  प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भुमिका निर्वाह गरेका उनलाई ईमान्दार, सरल नेताको रूपमा परिचित थिए ।

    २ श्रीमती, ३ छोरी र ४ छोरा रहेका परियारकी जेठी श्रीमतीको गतवर्ष काभिड संक्रमणबाट मृत्यु भएको थियो । उनी कान्छी श्रीमतीसँग बस्दै आएका थिए । नेता परियार पंचायती व्यवस्थाविरुद्धमा संघर्ष गर्दा जेल समेत परेका थिए । नेता परियार जातीय विभेदविरुद्ध अग्रणी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा मानिन्थे ।

    प्रकाशित मिति :आषाढ ४ २०७८ शुक्रवार - १४:१७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij