२०८३ कार्तिक १ गते शनिवार
काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङ रहेका छन्।
तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकारबिच काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोक स्थित सडकखण्डमा आपसी विवाद भई झगडा भएको प्रहरीले जनाएको छ।
झगडाका क्रममा सुवाश तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएकोमा दिउँसो १३ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो।
घटनापछि वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेका २० वर्षीय अर्जुन ताम्राकारलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij