Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

पत्रकार किशोर श्रेष्ठ फेरि पक्राउ

पत्रकार किशोर श्रेष्ठ फेरि पक्राउ


  • 302
    Shares

    पत्रकार किशोर श्रेष्ठ फेरि पक्राउ
    images

    जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। 

    पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको हो।

    सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तले जनआस्थाले आफ्नो चरित्र हत्या हुनेगरी समाचार लेखेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए। 

    सोही आधारमा प्रहरीले पत्रकार श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगेको हो। पत्रकार श्रेष्ठ स्वयंले आफू पक्राउ परेको पुष्टि गरेका छन्। 

    घरमा प्रहरी पुगेका बेला उनले फेसबुकमा लेखेका छन्, ‘भरमार गालीगलौज गर्नेहरू फुक्काफाल। समाचार प्रकाशन गरेको अपराधमा मलाई उहाँहरूले घरैमा लिन आउनुभएको छ।’

    प्रकाशित समाचारको निहुँमा अश्लील गालीगलौज गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गरेको भन्दै जनआस्थाले पनि हिमेशविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ। 

    प्रकाशित मिति :कार्तिक १ २०८३ शनिवार - १६:१५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij