२०८३ कार्तिक १ गते शनिवार
काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरहीमा जग्गाको सिमाना विवादमा एकजनाको मृत्यु भएको छ ।
जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादमा धकेल्दा एक वृद्धको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार शनिबार (असोज) बिहान करिब ९ बजे स्थानीय २७ वर्षीय रघुनन्दन राय र ७५ वर्षीय तेतर रायबीच जग्गाको सिमानाको विषयलाई लिएर विवाद भएको थियो ।
सोही क्रममा रघुनन्दनले तेतरलाई धकेल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे स्थानीयले जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनास्थल सुरक्षित राखी अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न रघुनन्दन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij