Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

गोरखाबाट हनुमानढोकामा पठाइयो फूलपातीसहितको डोली

गोरखाबाट हनुमानढोकामा पठाइयो फूलपातीसहितको डोली


  • 337
    Shares

    गोरखाबाट हनुमानढोकामा पठाइयो फूलपातीसहितको डोली
    images

    गोरखा । बडादसैँको सातौँ दिन शनिबार (असोज ३१) गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौंस्थित हनुमानढोका दरबारमा पठाइएको छ । शुभसाइतअनुसार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको हो ।

    गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको डोली सरकारी गाडीमार्फत काठमाडौं पठाइएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिए ।

    गोरखाबाट पठाइएको फूलपाती शनिबार साँझ हनुमानढोकामा हर्षबढाइँसहित भित्र्याउने परम्परा छ । ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले काठमाडौंबाट राजकाज सुरु गरेपछि गोरखाबाट हरेक वर्ष फूलपाती पठाउने परम्परा चल्दै आएको हो ।

    यस परम्पराले गोरखा दरबार र हनुमानढोका दरबारबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

    प्रकाशित मिति :कार्तिक १ २०८३ शनिवार - ११:५३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij