२०८३ कार्तिक १ गते शनिवार
काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । हल्का वर्षा र हिमपातको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।
पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । मधेस तथा कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
हिमाली भूभाग तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।
विभागले राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने बताएको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराई क्षेत्रमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना रहेको विभागको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij