Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

खगेन्द्र सुनारले रास्वपा अनुशासन आयोगमा लिखित जवाफ बुझाए

खगेन्द्र सुनारले रास्वपा अनुशासन आयोगमा लिखित जवाफ बुझाए


  • 134
    Shares

    खगेन्द्र सुनारले रास्वपा अनुशासन आयोगमा लिखित जवाफ बुझाए
    images

    काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका क्रममा उनले बोलेका भनिएका विषयमा सुनारले लिखित जवाफ पेस गरेको अनुशासन आयोगको उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईले जानकारी दिए ।

    सुनारले आयोगलाई दिएको प्रतिक्रियामा उल्लेखित विषयहरूबारे भट्टराई बोल्न चाहेनन् । सुनारको प्रतिक्रिया आउनु अनुसन्धानको पहिलो चरण भएको आयोगले जनाएको छ ।

    रास्वपाको अनुशासन आयोगले यही विषयमा छानबिन गर्न छुट्टै समिति पनि गठन गरेको छ । उक्त समितिलाई रायसहित प्रतिवेदन बनाउने अख्तियारी पाएको छ ।

    समितिको कार्यावधि भने तोकिएको छैन । आयोगका उपप्रमुख भट्टराईको नेतृत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

    ‘अनुसन्धानको पहिलो चरण प्रतिक्रिया लिने हो । त्यसबाट आयोग सन्तुष्ट हुनसकिएन भने र अरु थप प्रमाण महशुस गर्‍यो भने अर्को चरणको अनुसन्धान सुरु हुन्छ,’ भट्टराईले भने ।

    आज बसेको छानबिन समितिको पहिलो बैठकले सुनारको संवाद भनि आएका अडियोहरू संकलन गरिसकेको उनले बताए ।

    ‘अडियो भिडियोहरू हामीले संकलन गर्‍यौं । अडियो प्रकाशित गर्नेहरूसँग यो विषयसँग जोडिएका कुराहरू पठाएर अनुसन्धानमा सहयोग गर्न लेखी पठाउने निर्णय गरेका छौं,’ भट्टराईले भने ।

    उक्त अडियो सबैभन्दा पहिले जनआस्था साप्ताहिकको अनलाइन संस्करणमा प्रकाशित भएको थियो । पीडित भनिएकी महिलाको भनी न्युज २४ टीभीमा प्रसारित सामग्रीसहित थप विषयहरू भए उपलब्ध गराउन आग्रह गरिने समितिले जनाएको छ ।

    सम्पादन हुनुअघिको अडियो उपलब्ध गराउनका लागि छानबिन समितिले सम्बन्धित सञ्चार माध्यमलाई पत्राचार गर्ने भएको हो ।प्राविधिक विषयहरूमा छानबिन समितिले विशेषज्ञको राय लिने भएको छ । कानुनको अधिनमा रहेर विशेषज्ञको राय लिने भट्टराईले जानकारी गराए ।

    सुनारमाथि लागेको आरोपमा छिटो, छरितो, यथार्थपरक र विश्वसनीय छानबिन गर्ने समितिले दाबी गरेको छ । ‘अनुसन्धान निकै गहिरोसँग हुँदैछ । विश्वासनीयता कायम गर्ने गरी हामीले काम गरिरहेका छौं,’ उपप्रमुख भट्टराई भन्छन् ।

    राज्यको अनुसन्धानलाई व्यवधान नगर्नेगरी समितिले आफ्नो कार्य गरिरहेको उनले बताए ।  छानबिनको रिपोर्ट दशैंअघि आउन भने मुस्किल रहेको समितिले जनाएको छ ।

    ‘अनुसन्धानको क्रममा प्रमाणहरु कसरी अगाडि बढ्छन् ? अनुसन्धानले के माग गर्दछ अहिले भन्न सक्दँैनौ,’ भट्टराईले भने, ‘ओरिजनल अडियो पठाउन पत्राचार गरेका छौं । छिट्टै प्राप्त भयो भने हामी बैठक बसिहाल्छौं । दशैंको समय पनि छ । सांस्कृतिक चाँडहरू मान्न पाउँदैनौं भनेर छानबिन समितिका साथीहरुलाई भन्न सकिने कुरा होइन ।’हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ रहेको थियो ।

    प्रकाशित मिति :आश्विन २९ २०८३ बिहिवार - १६:०५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij