Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबीच कुटपिट हुँदा एकको मृत्यु, ७ घाइते

बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबीच कुटपिट हुँदा एकको मृत्यु, ७ घाइते


  • 11.6K
    Shares

    बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबीच कुटपिट हुँदा एकको मृत्यु,   ७ घाइते
    images

    रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका-२ कालवारीमा बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबीच कुटपिट हुँदा एक जनाको मृत्यु  भएको छ । कुटपिटबाट घाइते भएका  ६५ वर्षीय साधु यादवको बिहीबार राति मृत्यु भएको हो ।

    छिमेकीबीच कुटपिट हुँदा ८ जना घाइते भएको थिए । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भिम अस्पताल भैरहवा पठाएकोमा साधुको उपचारको क्रममा मृत्यु भएको हो ।

    कुटपिटमा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था मध्यम रहेको छ भने २ जनाको सामान्य रहको छ । कुटपिटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :आषाढ ४ २०७८ शुक्रवार - १३:४९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij