Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

आमा-छोरा मृत अवस्थामा फेला, श्रीमान् प्रहरी नियन्त्रणमा

आमा-छोरा मृत अवस्थामा फेला, श्रीमान् प्रहरी नियन्त्रणमा


  • 3.9K
    Shares

    आमा-छोरा मृत अवस्थामा फेला, श्रीमान् प्रहरी नियन्त्रणमा
    images

    काभ्रे । बनेपा–११ सिनागालमा आमा र छोरा मृत अवस्थामा फेला परेका छन् ।

    पाँचखाल–६ स्थायी घर भई सोही स्थानमा डेरा गरी बस्ने ३० वर्षीया मनीषा कार्की घिमिरे र उनका ६ वर्षीय छोरा युवान मृत फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए । मनीषाका श्रीमान् ३३ वर्षीय माधवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    प्रहरी निरीक्षक कोइरालाका अनुसार, आमा र छोरालाई ‘मारेर’ भागेको सूचना आएपछि प्रहरीले माधवलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालयमा वान्ता गरेका उनले आफूले विष खाएको बताएका थिए । डेरा हेर्दा आमा र छोरा मृत अवस्थामा फेला परेका थिए ।

    कोठाबाट प्यारासिटामोल औषधि बरामद भएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने र थप अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ ४ २०७८ शुक्रवार - १२:५६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij