Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

कुसे पाटनमा बेपत्ता भएका सातै जनाको चार दिनपछि सकुशल उद्धार

कुसे पाटनमा बेपत्ता भएका सातै जनाको चार दिनपछि सकुशल उद्धार


  • 6.3K
    Shares

    कुसे पाटनमा बेपत्ता भएका सातै जनाको चार दिनपछि सकुशल उद्धार
    images

    सुर्खेत । जाजरकोटको कुसे पाटनमा हावाहुरी चलेको बेला बेपत्ता भएका सातै जनाको सकुशल उद्धार गरिएको छ ।

    शुक्रबार बिहान प्रहरी र स्थानीयको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको जाजरकोट प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले जानकारी दिए । उनीहरुको चार दिनपछि सकुशल उद्धार गरिएको हो ।

    कुसे गाउँपालिका वडा नम्बर ८ र ९ का सात जना स्थानीय गाई, भैँसी र बाख्रालगायत पशुचौपाया पाटन छाड्न गएका बेला पाटनको जलजलाबाट बेपत्ता भएका थिए ।

    बेपत्ता रहेका कुसे गाउँपालिका-८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २८ वर्षीय चन्द्र खड्का, २५ वर्षीय बिक्रम खड्का, १८ वर्षीय भवीन् खड्का, १० वर्षीय धनसरा खड्का, १२ वर्षीय मिमबहादुर खड्का र कुसे-९, का ४० वर्षीय कृष्ण रोकायाको आज बिहान उद्धार गरिएको प्रहरीले जनाएको छ ।

     जाजरकोट प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार उनीहरु घर र्फकँदै गर्दा हावा हुरी र वर्षा आएपछि सम्पर्कविहीन बनेका थिए । चार दिनदेखि सम्पर्कविहीन भएपछि जिल्ला सदरमुकामबाट प्रहरी र हराएका आफन्तहरु बिहीबार बिहान खोजीका लागि पाटन गएका थिए ।

    पाटनमा चराउन लिइएका गाई, बाख्रा र भैँसीको अवस्था भने यकिन नभएको प्रहरीले जनाएको छ । ‘स्थानीयहरु त भेटिए तर पशुचौपायाको अवस्था बुझ्न सकिएको छैन, मौसम फेरि प्रतिकूल बनेको छ । माथि गएर पशुचौपायको स्थिति बुझन गारो छ, फोन नेटवर्क नहुँदा पनि राम्रोसँग कुराकानी हुन पाएको छैन,’ डीएसपी थापाले भने ।

    कुसे पाटन ४ हजारदेखि ४ हजार ८०० मिटरको उचाइमा रहेको छ ।

    प्रकाशित मिति :आषाढ ४ २०७८ शुक्रवार - १२:४६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij