२०८२ कार्तिक १८ गते मंगलवार
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–२, दोभान पावरहाउस नजिकै तिनाउ खोलामा शुक्रबार एक पुरुषको शव फेला परेको छ ।
नाम, ठेगाना खुलेको अन्दाजी ३० वर्षको जस्तो देखिने शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
खोलाले बगाएर ल्याएको हुन सक्ने प्रहरीले जनाएको छ । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा घटनाको थप अनुसन्धानका लागि घटनास्थल गइसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij